पोखरामा समाजवादी मोर्चाको सन्देश सभा शुक्रबार, प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गर्ने

समाजवाद स्थापना गर्न मोर्चा गठन: सांसद पौडेल

काठमाडाैं | भदौ १४, २०८०

पोखरामा समाजवादी मोर्चाको सन्देश सभा शुक्रबार, प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गर्ने

पोखरा:  समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् । 

 

प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्न पोखरा आउने लागेका हुन् । 

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश ईन्चार्ज एवम् पार्टी सचिव देवेन्द्र पौडेलले समाजवाद स्थापना गर्ने मूल उद्धेश्यसहित मोर्चा गठन गरेको बताए । 

 

‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मुल उद्धेश्य हो’, पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिवद्धतासहित समाजवादी मोर्चा गठन भएको हो ।’

 

उनले समाजवादी मोर्चा नेपाल गण्डकी प्रदेशको संयोजन समितिमा हरेक दलबाट तीन–तीन जना प्रतिनिधि हुने बताए । 

 

समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी,रमेश नेपाली, नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहेका छन् । 

 

मोर्चाको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत अहिले नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समाल्दै  आएकी छिन् । 

 

समाजवादी मोर्चा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार भोलि भदौं १५ गते पोखरामा सभा आयोजना गरेको अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्